aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

उडिरहेको भारतीय लडाकू विमानबाट २ ओटा इन्धन ट्याङ्की खसेपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
उडिरहेको भारतीय लडाकू विमानबाट  २ ओटा इन्धन ट्याङ्की खसेपछि...

भारतीय राज्य हरियाणाको अंबालास्थित एयरफोर्स स्टेशनमा बिहीबार विहान भारतीय वायु सेनाको लडाकू विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

उडान भरेको केही समयमै लडाकू विमानबाट इन्धन भरिएको ट्याङ्की २ ओटा खसेपछि चालकले आपतकालीन अवतरण गराएका छन् । विमानबाट खसेको इन्धन ट्यांकीका कारण अंबाला शहरको बलदेव नगरका स्थानीय आतंकित भएका थिए ।

आकाशमा उडिरहेको विमानबाट खसेको इन्धन ट्याङ्कीका कारण केही ठाउँमा आगलागी भएको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि वायु सेना र प्रहरीले मिलेर स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

घटनाबाट कुनै क्षति भने नभएको जनाइएको छ । स्थानीय प्रहरीले घटना भएको केही समयमै स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ ।स्थानीयहरुले आकाशबाट धुँवाको मुस्लो र आगोसहित खसेका इन्धन ट्याङ्की जमिनमा बजारिँदा भूकम्पको जस्तै धक्का महसूस भएको बताएका छन् ।

केही स्थानीय भने भूकम्प आएको भन्दै घरबाट निस्किएर खुला चौरतर्फ पनि भागेका थिए ।

प्रतिक्रिया दिनुहोस