aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

एक खर्ब भुक्तानी नदिए निर्माण व्यवसायी पलायन हुनसक्ने

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, ३० चैत्र २०७७
एक खर्ब भुक्तानी नदिए निर्माण व्यवसायी पलायन हुनसक्ने

काठमाडौं । सरकारले १ खर्ब भुक्तानी नदिए निर्माण व्यवसायीहरू व्यवसायबाट नै पलायन हुने अवस्थामा आइपुगेको नेपाल निर्माण व्यवसायी महासंघले दाबी गरेको छ ।

बैंक ग्यारेन्टी तथा आफ्नो सम्पत्ति धितोमा राखेर ठेक्काको काम गरिएको तर सरकारले भुक्तानीमा ढिलाइ गर्दा अधिकांश निर्माण व्यवसायीहरू जोखिममा आइपुगेको महासंघले उल्लेख गरेको छ । आइतवार काठमाडौंमा आयोजित महासंघको २२औं साधारणसभाको अवसरमा व्यवसायीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा लागेका व्यवसायीलाई सरकारले उपेक्षा गरेको भन्दै तत्काल भुक्तानी गरिदिन आग्रह गरेका छन् ।

सिंहले भौतिक पूर्वाधार निर्माणमा संलग्न व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताहरू कार्यान्वयन नगर्दा व्यवसायीहरू धराशयी हुन लागेको बताएका हुन् । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सरकारले अर्बौंका परियोजना हालै घोषणा गरिसकेको र स्रोत पनि सुनिश्चित गरिसकेको भन्दै निर्माण व्यवसायी सरकारको पार्टनर भएको बताए ।

नेम्वाङले १६५ निर्वाचन क्षेत्रमा बन्ने रणनीतिक सडक, स्थानीय तहका गाउँपालिकाका सदरमुकामलाई कालोपत्र सडकले जोड्ने सडक बनाउन बजेट सुनिश्चित गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस