aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

दक्षिण कोरियामा रोजगारीः सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ३० चैत्र २०७७
दक्षिण कोरियामा रोजगारीः सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा

काठमाडौं । दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन्  २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरेको हो ।  

एचआरडीले  सन्  २०२१  का  लागि  ५२  हजार  विदेश श्रमिक  लैजाने  गरी  कोटा  निर्धारण  गरेकोमा  नेपाललाई  यो सङ्ख्या  परेका  हो ।  यो  विश्वका  विभिन्न  १६  देशका  लागि छुट्याइएको कोटा हो ।

ईपीएस  शाखाका  निर्देशक  इन्द्र  गौतमले  यो  पटक एचआरडीले  सङ्ख्या  पठाउँदा  कोटा  नभनेर  परीक्षा  उत्तीर्ण गर्ने भनिएकाले यीमध्ये कति जान पाउँछन् अहिलेसम्म स्पष्ट नभएको जानकारी दिए । उनले  भने,  अघिल्ला  वर्षमा  यति  कोटा  भनेर निर्धारण गरिएको हुुन्थ्यो, यो पटक त्यस्तो नभएर परीक्षा उत्तीर्ण गर्ने  सङ्ख्या  भनिएको  छ,  त्यसैले  हामी  पनि  द्विविधामा  छौँ, स्पष्ट हुन प्रयास गरिरहेका छौँ । 

निर्देशक  गौतमले  गएको  जनवरीमै  सूचना  निकालेर एचआरडीले  पहिलो  आधा  वर्षमा  उत्पादनतर्फ  एक  हजार नेपाली  श्रमिक  लैजाने  भनेको  भए  पनि  चार  महिना  सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दिए । पहिलो  आधा  वर्षका  लागि  गरेको  प्रतिबद्धता  नै  कार्यान्वयन नभएको अवस्थामा दोस्रो आधा वर्षको आउला भन्ने के आश गर्नु खै उनले थपे । 

नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई  ईपीएसमार्फत  दक्षिण  कोरिया  लग्दै  आएको  छ । कोरिया  सरकारले  विदेशी  श्रमिक  आपूर्ति  गर्दै  आएका  देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन ।

प्रतिक्रिया दिनुहोस