
एजेन्सी । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले फेब्रुअरी १ मा प्रस्तुत गरेको केन्द्रीय बजेटमा दुई बैंक निजीकरणको घोषणा गरेकी थिइन । अब कुल ४ वटा बैंक निजीकरण गरिनेछन । तर निजीकण हुने बैंकहरूको नाम अहिलेसम्म घोषणा गरिएको छैन। प्रतिवेदनमा भनिए अनुसार निजीकरणका लागि बैंकहरूको नाम यस हप्ता स्वीकृत हुन सक्छ । यसका लागि वित्त मन्त्रालय, वित्तीय सेवा तथा आर्थिक मामिला विभाग, एनआईटीआई आयुग र भारतीय रिजर्व बैंक (आरबीआई) का वरिष्ठ अधिकारीहरू भेट्न लागेका छन्। यो बैठक बुधवार १४ अप्रिलमा हुन सक्छ ।
फेब्रुअरीमा धेरै भारतीय मिडिया रिपोर्टहरूका अनुसार निजीकरणका लागि ४(५ सार्वजनिक क्षेत्रका बैंकहरूको नाम छलफलमा ल्याएका छन । रिपोर्टका अनुसार सरकारले मध्य आकारको बैंक अफ महाराष्ट्र, बैंक अफ इन्डिया, इन्डियन ओभरसीज बैंक र सेन्ट्रल बैंक अफ इण्डियाको निजीकरणबारे छलफल गरिरहेका छन । निजीकरणको प्रक्रिया सुरू हुन ५–६ महिना लाग्नेछ । यस आर्थिक वर्षमा निजीकरणका लागि ४ मध्ये दुई बैंकहरू छनौट गरिनेछ । सरकार ले बेच्न लागेका बैंक निजीकरण हुने भएपछि त्यहा कार्यरत युनियनहरू आन्दोलित हुन सक्ने डरका कारण सर्तक भइरहेको छ ।
बैंक अफ महाराष्ट्रको शुरू १८४० मा स्थापना भएको थियो । त्यसबेला यसको नाम बैंक अफ बम्बई थियो । यो महाराष्ट्रको पहिलो वाणिज्य बैंक थियो । यसको १८७४ शाखा र १.५ करोड ग्राहक छन्। बैंक अफ इंडिया ७ सेप्टेम्बर १९०६ मा गठन भएको थियो। यो एक निजी बैंक थियो । १९६९ मा, यसलाई सार्वजनिक बैंक बनाउन १३ अन्य बैंकहरू मर्जर गरियो । बैंक ५ण्० जना कर्मचारीको साथ शुरू गरिएको थियो। यसको कुल ५०८९ शाखाहरू छन् ।
प्रतिक्रिया दिनुहोस