aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ३० चैत्र २०७७
बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति

काठमाडौं । कृषि  तथा  पशुपन्छी  विकास मन्त्रालयले  बर्डफ्लुको  त्रासमा  पशुपन्छी  तथा  दाना  नष्ट गरेका किसानलाई क्षतिपूर्ति दिने भएको छ । पत्यकालगायत  विभिन्न  ठाउँमा  गरी  हालसम्म  छ ठाउँमा बर्डफ्लु रोग फेला परेको थियो । त्यस क्रममा कृषि मन्त्रालयअन्तर्गतको पशु सेवा विभागबाट खटिएका टोलीले हजारौँ पशुपन्छी नष्ट गरेका थिए । ती सबैको क्षतिपूर्ति दिन लागेको  पशु  सेवा  विभागका  प्रवक्ता  डा. चन्द्र  ढकालले जानकारी  दिए । 

उपत्यकाको  काठमाडौंको  तारकेश्वर नगरपालिका  तथा  ललितपुरको  नख्खु  क्षेत्रमा बर्डफ्लु  फेला  परेको  थियो ।  त्यसमध्ये तारकेश्वर  जहाँ  तीन  ठाउँमा  फेला परेको  थियो ।  त्यहाँका  किसानलाई करिब एक करोड रुपियाँ क्षतिपूर्ति दिन लागेको  उनले  जानकारी दिए । नख्खु क्षेत्रमा भएको क्षतिबारे  लागत  सङ्कलन गर्ने काम भइरहेको छ । 

त्यहाँका  लागि  अर्थ मन्त्रालयसँग बजेट माग गरिएको प्रवक्ता ढकालले बताए । बर्डफ्लु  रोगका  कारण  जुन  किसानको  पशुपन्छी, अण्डा तथा दानालगायत अन्य केही नष्ट गरिएको छ भने त्यसको  लगत  सङ्कलन  गरी  ती  किसानलाई  क्षतिपूर्ति दिने   तयारी   भइरहेको   छ ।  तारकेश्वरको   किसानको बैङ्क खाता नम्बर सङ्कलन पनि  भइसकेको छ । सबै किसानको खातामा नै रकम पठाउने तयारी भइरहेको उनले बताए ।  तारकेश्वरमा  करिब  ५०  जना  किसानले क्षतिपूर्ति पाउने भएका छन् । उपत्यकामा सङ्घीय सरकारले क्षतिपूर्ति  दिन  लागेको  छ  भने  उपत्यकाबाहिर  जाजरकोट र  सुर्खेतमा  कर्णाली  प्रदेश  सरकारले  क्षतिपूर्ति  दिने  उनले बताए ।

प्रतिक्रिया दिनुहोस