aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अब युआन बन्दैछ विश्व मुद्राको राजा, खोसिँदैछ ८० वर्ष पुरानो डलरको ताज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० चैत्र २०७७
अब युआन बन्दैछ विश्व मुद्राको राजा, खोसिँदैछ ८० वर्ष पुरानो डलरको ताज

एजेन्सी। एक हजार वर्ष पहिले, जब पैसा भनेको सिक्का मात्र हो भन्ने संसारले मान्थ्यो त्यो बेला चीनले कागजी मुद्राको आविष्कार गर्‍यो। अहिले फेरी चीनले त्यो इतिहास दोहोर्याएको छ। आफ्नो आर्थिक प्रतिद्वन्दी अमेरिकी सरकारको आर्थिक खम्बा अर्थात् डलरको बिश्वब्यापी दबदबालाई हल्लाउन सक्ने पैसाको पुनः कल्पनामा चिनियाँ सरकारले डिजिटल मुद्राको औपचारिक थालनी गरेको छ।

हुन त पैसा पहिले नै भर्चुअल छ, क्रेडिट कार्ड र एप्पल पे जस्ता भुक्तानी गर्ने अमेरिकी तथा विच्याट जस्ता चिनियाँ भुक्तानी एपको कारण। तर, ती एपहरु  बिधुतिय माध्यमबाट पैसा सार्ने तरिकाहरू मात्र हुन्। चीनले भने कानुनी रुपमा नै मुद्राको मान्यता हुने खालको कम्प्यूटर कोड मार्फत नयाँ मुद्राको प्रचलन शुरु गरेको छ। जसलाई नगदको रुपमा प्रयोग गर्न सकिन्छ ।

केहि अघि देखि नै प्रचलनमा आएका बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीहरूले पैसाको लागि सम्भावित डिजिटल भविष्यको पूर्वचित्रण नगरेका होइनन्। यद्यपि तिनीहरू परम्परागत वैश्विक वित्तीय प्रणाली भन्दा बाहिर छन् र कानुनी रुपमा त्यसको कुनै आधार वा मान्यता छैन। कुनै सरकारद्वारा जारी नगद जस्तो भरपर्दो मुद्रा त्यो होइन। 

तर, चीनको डिजिटल मुद्रा भने यसको केन्द्रीय बैंकद्वारा नियन्त्रित छ। त्यहाँको केन्द्रिय बैंकले नै इलेक्ट्रोनिक पैसा जारी गर्नेछ। अहिले बेइजिङले डिजिटल युआनलाई अन्तर्राष्ट्रिय प्रयोगको लागि अवस्थित गर्दैछ। र, यसलाई वैश्विक वित्तीय प्रणालीमा छिराउन मिल्ने गरि डिजाईन गरीरहेको छ। अमेरिकी डलर जो दोस्रो विश्वयुद्धदेखि नै मुद्राको दुनियाँमा राजा थियो त्यसलाई चीनको नयाँ डिजिटल मुद्राले ठुलो चुनौती दिँदैछ । यस्तो मुद्रा निर्माणको टेक्नोलोजीमा ध्यान केन्द्रित गर्दा उसले केन्द्रिय नियन्त्रणलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमा बिशेष महत्व दिएको सो सम्बन्धी विशेषज्ञले जनाएको वाल स्ट्रिट जर्नलले आफ्नो समाचारमा उल्लेख गरेको छ।  

एक चिनियाँ विशेषज्ञका अनुसार त्यहाँको शेन्जेन शहरले अप्रिल १० देखि २३ सम्म चरणबद्ध रुपमा डिजिटल युआन परीक्षण  गरिरहेको छ। त्यहाँ ५ लाख जनालाई डिजिटल मुद्रामा कारोबार गर्न लगाउने यो परिक्षणको लक्ष रहेको छ । शेन्जेन मात्र डिजिटल युआनको परीक्षण विस्तार र अपग्रेड गर्ने शहर मात्र होइन। चीनले अक्टूबर २०२० देखि डिजिटल युआनका लागि ठूला-ठूला परीक्षणहरू गरिसकेको छ। दक्षिण चीनको हेनान प्रान्त अप्रिलमा एक डिजिटल मुद्रा प्रयोग पदोन्नति घटनाको परीक्षण गर्न सेट गरिएको छ। केन्द्रीय बैंकको निर्देशनमा अनुसन्धान र विकास भएको सो डिजिटल मुद्राको परीक्षणको लागि नेतृत्व लिएको समुहले नयाँ प्रविधिको विकासको लागि ठोस आधार स्थापना गरेको जनाइएको छ। 


 

प्रतिक्रिया दिनुहोस