aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

धरहरालाई देखाएर डण्डीको भाउ बढाइयोः सांसद महत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० चैत्र २०७७
धरहरालाई देखाएर डण्डीको भाउ बढाइयोः सांसद महत

काठमाडौं । सांसद गजेन्द्रबहादुर महतले धरहरालाई देखाएर डण्डीको भाउ बढाइएको आरोप लगाएका छन् । सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद महतले रहरालाई देखाएर डण्डीको भाउ बढाइयो, मेलम्चीलाई देखाएर पेट्रोल र डिजेलको भाउ बढाइएको आरोप लगाएका हुन् । 

‘मेलम्चीलाई देखाएर पेट्रोल र डिजेलको भाउ बढेको छ । धरहरालाई देखाएर डण्डी र सिमेन्टीको भाउ बढेको छ । विकास र समृद्धि देखाएर नुन, तेल चामल र दालको मूल्य बढाएर जनताको ढाड सेकिएको छ ।’ उनले भने, ‘राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारियो सभामुख महोदय १ सभामुख महोदयमार्फत सबै पार्टी र जनताको ध्यान जाओस् ।’

 

प्रतिक्रिया दिनुहोस