aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

प्रतिनिधिसभाका समितिमा नाम हेरफेर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० चैत्र २०७७
प्रतिनिधिसभाका समितिमा नाम हेरफेर

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति र संसद्का विभिन्न समितिमा सदस्यहरुको नाम मनोनयन र हेरफेर गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रतिनिधिसभा नियमावलीअनुसार सांसद सदस्यको नाम मनोनयन, थप तथा हेरफेर गरेका हुन् । 
     
परामर्श समितिमा उमाशङ्कर अरगरिया, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, जयपुरी घर्ती, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, बालकृष्ण खाँण, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, शेरबहादुर तामाङ, लालबहादुर थापा, विशाल भट्टराई र शान्ता चौधरीलाई मनोनयन गरिएको छ । 

यसैगरी संसद्का विभिन्न समितिमा सांसदहरुको नाम थप तथा हेरफेर गरिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७६–२०७७” पेश गरे । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक २०७८ वैशाख ७ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस