aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

चिनियाँ ह्याकरसँग भारतका सेना प्रमुख त्राहिमाम्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० चैत्र २०७७
चिनियाँ ह्याकरसँग भारतका सेना प्रमुख त्राहिमाम्

एजेन्सी । चीनका ह्याकरहरूको क्षमता देखेर भारतका सेनापतिसमेत त्राहिमाम् भएका छन् । भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले भारतविरुद्ध चीनले साइबर हमला गर्न सक्ने र त्यसबाट ठुलो गडबडी उत्पन्न हुनसक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ । 

दिल्ली स्थित एउटा थिंकट्यांक संस्थाले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । रावतले गत अक्टोबरमा मुम्बइमा भएको ब्ल्याक आउटमा समेत चिनियाँ साइबर हमला भएको जनाएका छन् । 

आइतबार इरानको परमाणु केन्द्रमा भएको घटना साइबर हमलाका कारण भएको इरानले दाबी गरिरहेका बेला भारतीय सेना प्रमुखले गरेको यस्तो खुलासा गरेका हुन् । पाँच वर्ष अघि युक्रेनमासमेत रसियन साइबर आक्रमण भएको घटनालाईसमेत उनले स्मरण गरेका छन् । 

स्मरण रहोस्, अमेरिकाको साइबर सेक्युरिटी कम्पनी रेकर्डेड फ्युचरका अनुसार भारतको ऊर्जा उत्पादन गर्ने कम्पनीहरूमा साइबर हमलाका लागि चीनको रेडइको नामक ग्रुप सक्रिय रहेको छ । 

तर, चीनले आफ्नो तर्फबाट यस प्रकारका साइबर हमला हुने गरेको आरोपलाई पुर्णतयाः अस्वीकार गर्दै आएको छ । जे होस्, भारतीय सेना प्रमुख भने चिनियाँ ह्याकरहरूको क्षमताका कारण चिन्तित देखिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस