aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

घुस लिएको अभियोगमा  सातजना विरुद्ध  मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ चैत्र २०७७
घुस लिएको अभियोगमा  सातजना विरुद्ध  मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेसमेत सातजनाविरुद्ध गैरकानूनी लाभ तथा हानि गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

गोरखाको नौलीखोला तेस्रो लघु जलविद्युत् आयोजना मर्मत तथा पुनर्निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरी अनियमितता गरेको पाइएको छ । सो कार्यका लागि प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनीयर प्रवीन बस्ती सबइन्जिनीयर रामनारायण चौधरीविरुद्ध रु १० लाख ६३ हजार ५७ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । 

यस्तै, आयोगले आयोजनाका उपभोक्ता समितिका अध्यक्ष दमाइँ गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । त्यस्तै, वडास्तरीय अनुमगन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङलाई भने बिगो दाबी गरिएको छैन ।  रासस

प्रतिक्रिया दिनुहोस