
काठमाडौं । सरकारले विद्युत् आपूर्तिका लागि औद्योगिक कोरिडोरमा आवश्यक पर्ने प्रसारणलाइन तथा वितरणलाइन सम्बद्ध उद्योग तथा आद्यौगिक क्षेत्रले नै बनाउने नीति ल्याउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममार्फत यस्तो नीति ल्याउने तयारी गरेको हो ।
सामान्यतया विद्युत् आपूर्तिका लागि प्रसारण लाइन तथा वितरण लाइन नेपाल विद्युत् प्राधिकरण तथा सरकार आफैले नै बनाउनुपर्ने हो । तर, उद्योगहरूले आफूलाई आवश्यक पर्ने विद्युत् आपूर्तिका लागि प्रसारणलाइन तथा वितरण लाइन पनि आफैले बनाउनुपर्ने नीति बनाउने तयारी ऊर्जा मन्त्रालयले गरेको छ ।
केही डेडिकेटेड औद्योगिक कोरिडोरको हकमा मात्र यस्तो व्यवस्था गर्न लागिएको ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले बताए । आगामी आर्थिक वर्ष ९आव० २०७८र७९ को नीति तथा कार्यक्रममार्फत यो नीति सार्वजनिक गरिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस