aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कोरोना संक्रमणदर बढ्दो, १२ जनामा परीक्षण गर्दा एकमा संक्रमण

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, ३१ चैत्र २०७७
कोरोना संक्रमणदर बढ्दो, १२ जनामा परीक्षण गर्दा एकमा संक्रमण

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल, भारतमा दैनिक एक लाखभचन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक १२ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक साता आधार मान्दा २८ हजार १ सय ८२ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय १८ मा संक्रमण देखिएको छ । गत मंगलबार ४ हजार २ सय ४३ जनामा परीक्षण गर्दा २ सय ६० जनामा संक्रमण देखिएको थियो । गत बुधबार ४ हजार १ सय जनामा परीक्षण गर्दा ३ सय ३९, बिहीबार ४ हजार ६ जनामा परीक्षण गर्दा ३ सय ३२, शुक्रबार ४ हजार ७१ जनामा परीक्षण गर्दा २ सय ८८ जनामा कोरोना देखिएको छ ।

मन्त्रालयका अनुसार गत शनिबार ३ हजार ५ सय ३२ जनाको कोरोना परीक्षण गर्दा ३ सय ३७, आइतबार ३ हजार १ सय २५ जनाको परीक्षण गर्दा ३ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित संख्या सोमबार पाँच सय नाघेको छ । सोमबारै ५ हजार १ सय ५ जनाको परीक्षण गर्दा ५ सय ५९ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रामलयका अनुसार गत २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको विवरण प्राप्त भएको छ । पछिल्लो २४ घण्टामा भने ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतक संख्या ३ हजार ५३ पुगेको छ ।

यसअघि, आइतबार एक संक्रमितको मृत्यु भएको थियो । देशभर हालसम्म संक्रमित संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । हाल, देशभर ८५ जना क्वारेन्टाइनमा छन् । कुल संक्रमितमध्ये सोमबारमात्रै २ सय ११ मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा १ सय ५९, ललितपुरमा ४४ र भक्तपुरमा ८ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । केही दिनयता संक्रमित संख्या बढेसँगै आईसीयूमा समेत चाप बढेको छ । संक्रमितमध्ये आईसीयूमा ४६ र १३ भेन्टिलेटरमा उपचारत छन् । मुख्यतः सीमाकामा परीक्षण दर बाक्लो छ ।

प्रतिक्रिया दिनुहोस