
काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगो सम्झौता पारित गर्ने विषयलाई संसद र प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि बहसका रुपमा प्रवेश गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्झौता पारित गर्ने एजेन्डाका रुपमा ल्याउनुपर्ने माग भएकै दिन प्रधानमन्त्री ओलीले पनि सार्वजनिक रुपमै यसबारे अभिव्यक्ति दिँदै सभामुखकै कारण अघि बढ्न नसकेको जिकिर गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नेतृत्व गरिरहेको दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले एमसीसीलाई संसदको बहसको विषय बनाउनुपर्ने माग गरेका थिए ।
एमले सांसद खगराज अधिकारीले एमसीसी संसदको बिजनेस बनाइयोस् भनेर सभामुख अग्निप्रसाद सापकोटासमक्ष माग राखे । ‘दुई चार वर्ष भयो, एमसीसी कांग्रेस र माओवादीको सरकार हुँदा सम्झौता गरियो । आज त्यो थान्को लागेको छ’, उनले भने, ‘संसदमा तीन चर कति वर्षसम्म लड्काउने हो सभामुख महोदय ?’
एमसीसी सम्झौतालाई सत्तामा रहेकाले राष्ट्रिय हितअनुकुल बनाउने, भन्ने गरेको र सत्ताबाहिर रहेकाले सत्ताका निम्ति यसलाई जुवाको खालमा राखेझै गर्ने अधिकारीको भनाइ थियो । कांग्रेस सचेतक पुष्पा भुसालले एमसीसी सम्झौता अगाडि बणउन सरकारले प्रस्ताव ल्याउनुपर्ने माग गरिन् ।
प्रतिक्रिया दिनुहोस