aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

आईपीओ जारी गर्न खोज्नु ज्याक माका लागि महँगो साबित, अब एन्ट ग्रुप केन्द्रीय बैंकको नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ चैत्र २०७७
आईपीओ जारी गर्न खोज्नु ज्याक माका लागि महँगो साबित, अब एन्ट ग्रुप केन्द्रीय बैंकको नियन्त्रणमा

काठमाडौँ। ज्याक माको अलिबाबालाई बेइजिङको कडा कारबाही पछि पनि चीन सरकार चुप लागेर बसेको छैन। अलिबाबालाई २.८ बिलियन डलरको विशाल जरिवाना गरेको केहिदिन नबित्दै मा को अर्को कम्पनीलाई कडाइ गर्ने निर्णय गरेको छ। 

सोमबार मात्र एन्ट ग्रुप, जुन अरबपति ज्याक मा द्वारा नियन्त्रित वित्तीय-टेक्नोलोजी कम्पनी हो, लाई अब चिन सरकारको केन्द्रीय बैङ्कको प्रत्यक्ष नियमनमा राख्ने निर्णय चीन सरकारले गरेको हो। एन्ट ग्रुप त्यही कम्पनी हो जसको आइपिओ निष्कासन अन्तिम चरणमा पुगेपछि बेइजिङले गत नोभेम्बरमा सो प्रक्रियामा रोक लगाएको थियो। यदि चीन सरकारले साधारण सेयर जारिगर्न नरोकेको भने सो आईपिओले संसारकै हालसम्मको ठुलो आइपिओको रूपमा रेकर्ड समेत कायम गर्ने थियो। 

अब एन्ट ग्रुपले चीनको केन्द्रीय बैङ्कले रेखदेख गर्ने वित्तीय होल्डिंग कम्पनी बन्न आवेदन दिनेछ। र, इन्टरनेट कम्पनीहरूका लागि कडा नियमनको नयाँ युगमा अनुकूलित हुनको लागि तयार हुनेछ। यसले आफूलाई ठुलो बनाउने प्रयास स्वरूप आइपिओ निष्कासन गर्न खोज्ने कदमको परिणामस्वरूप एन्ट समूहलाई बैङ्कको रूपमा नियमन गरिएको हो ।  

एक विज्ञप्तिमा, चीनको पीपुल्स बैङ्कले भनेको कि एन्ट प्रतिनिधिहरूलाई सोमबार चार नियामक एजेन्सीहरू समक्ष बोलाइएको थियो।  जसमा देशको बैंकिंग सुरक्षा र विदेशी विनिमय निरीक्षक पनि समावेश थिए। यसले गत केही महिनामा नियामकको सुपरिवेक्षणमा एन्टको लागि "बृहत् र व्यवहारिक सुधार योजना" बनाएको हो।

केन्द्रीय बैङ्कले एन्टलाई  चार वटा क्षेत्रमा आफ्नो व्यवसाय सुधार गर्न आदेश दियो।  जसमा यसको भुक्तानी व्यवसायमा अनुचित प्रतिस्पर्धा हटाउने, प्रमुख फन्ड उत्पादनमा तरलता जोखिम व्यवस्थापन गर्ने, सूचनामा एकाधिकार समाप्त गर्ने र कर्पोरेट गभर्नेन्स  सुधार गर्ने लगायतका कुरा उल्लेख छन् । 

प्रतिक्रिया दिनुहोस