aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ताइवानको आकाशमा चिनियाँ विमान घुम्दा अमेरिकामा तनाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ चैत्र २०७७
ताइवानको आकाशमा चिनियाँ विमान घुम्दा अमेरिकामा तनाव

एजेन्सी । चीन र ताइवानबिच बढ्दो तनाव चीनका दुई दर्जन लडाकु विमान ताइवानी हवाई क्षेत्रमा प्रवेश गरेपछि अझ जटिल बनेको छ । परमाणु हतियार समेत बोक्न सक्ने २५ वटा यस्ता विमानले ताइवानको आकाशमा परिक्रमा गरेपछि अमेरिकाले चिन्ता व्यक्त गरेको छ । 

ताइवानी क्षेत्रमा प्रवेश गरेका २५ मध्ये १८ वटा लडाकु जेट, ४ वटा बम बर्षक विमान थिए भने यिनीहरू अणुबमसमेत बोक्न सक्ने क्षमताको रहेको बताइएको छ । 

चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ भने अमेरिकाले त्यसलाई अमान्य ठहर गर्ने खालका आफ्ना गतिविधि सञ्चालन गरिरहेको छ । 

त्यसैले ताइवानको विषयलाई लिएर अमेरिका र चीनबिच पटक पटक असमझदारी बढ्ने गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस