aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

पाइपलाइनबाट घरघरमा ग्यास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ बैशाख २०७८
पाइपलाइनबाट घरघरमा ग्यास

काठमाडौं । दाङको घोराहीमा आगामी साउनदेखि पाइलाइनमार्फत घरघरमा ग्याँस वितरण गरिने भएको छ । फोहोरबाट उत्पादन गरिएको ग्यास ३ महिनाभित्र घर घरमा पाइपलाइनमार्फत पुर्यायने भएको हो ।

अहिले फोहोरबाट ग्यास उत्पादन गर्नका लागि मेकानिकल काम सकिएको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । ३ महिनापछि हामीले घर घरमा पाइपमार्फत ग्यास पुर्याउने छौं श्रेष्ठले भने । यसरी उत्पादन गरिएको ग्यास वरिपरिका स्थानीयवासी, नारायणपुर र सर्रासम्म पुर्याइने उनले बताए ।

मेकानिकल काम सम्पन्न भएपछि फोहोर राख्न समेत सुरु गरिएको छ । गाउँ गाउँमा पुगेर गोवर ल्याउने कम समेत भइरहेको उनको भनाइ छ । अब पाइपलाइनको काम अगाडि बढाइने उनले बताए । पाइपलाइन विस्तारको लागि सडक कार्यालयबाट अनुमति लिएको उनले बताए ।

ग्यास उत्पादन गरेर करिब १ हजार ५ सय घरमा पाइपमार्फत ग्यास पुर्याइने उनले बताए । सुरुका दिनमा ७ सय ५० घरमा पुर्याइने प्लान्ट म्यानेजर श्रेष्ठले बताए ।

यसरी पाइपमार्फत ग्यास प्रयोग गरेबापत मिटर अनुसार रकम तिर्नुपर्नेछ । सुरुमा ग्यास उत्पादन गरेर सिलण्डिर भरेर बजारमा पठाउने योजना भए पनि नयाँ डीपीआर गरेर पाइपलाइनमार्फत ग्यास वितरण गर्न थालिएको उनको भनाइ छ । कोरोना संक्रमणका कारण निर्माणमा केही ढिला भएको उनी बताउँछन् । आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस