
भारत । बैंकहरुले कोरोना भाइरस विरुद्धको खोप लगाएका मानिसहरुका लागि बढी ब्याजदरको समेत घोषणा गर्न थालेका छन् । भारतको सरकारी बैंक सेन्ट्रल बैंक अफ इन्डियाले नयाँ स्किम सार्वजनिक गर्दै खोप लगाएकालाई मुद्धती खातामा एक चौथाई बढी ब्याज दिने बताएको हो ।
सेन्ट्रल बैंकले कोरोना विरुद्धको खोप लगाउन मानिसहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले यस्तो स्किम जारी गरेको बताएको छ । यसप्रकारको स्किमलाई इम्युन इन्डिया डिपोजिट योजना नामकरण गरिएको छ । तीन वर्ष भन्दा बढी अर्थात एक हजार एक सय ११ दिनको लागि मुद्धती खातामा निक्षेप गर्नेहरुका लागि यो योजना अघि सारिएको हो ।
खोप नलगाएका मानिसहरुले यसरी बढी ब्याजदरमा मुद्धती खातामा पैसा राख्न पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस