aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सामाजिक सुरक्षा भत्ता बढ्ने, लकडाउन नगर्ने सोचमा सरकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ बैशाख २०७८
सामाजिक सुरक्षा भत्ता बढ्ने, लकडाउन नगर्ने सोचमा सरकार
तस्वीर:रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने बताएका छन् । करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि उनले दिए । सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताए ।

प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन । उहाँले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे । 

नयाँ वर्ष २०७८ को अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही भएन भनेर जनतामा निराशा बढाउने काम नगरेको दावी गरेका छन । प्रतिदिनमा पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको उनले बताए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरूमा कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गरिएको भए पनि अहिलेकै अवस्थामा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने हल्ला मात्र बाहिर आएको उल्लेख गर्दै नेपाली जनताको सुरक्षाका लागि सरकार गम्भीर रहेको स्पष्ट पारे । विसं २०७७ मा विश्वले पहिला कहिले पनि नदेखेको कोभिड–१९ को सामना गर्नुपरेको तर्क गर्दै उहाँले त्यसले मुलुकको समग्र सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा अनेक पक्षहरूमा वर्षभर नै आक्रान्त रहनुपरेको बताए ।  

प्रधानमन्त्री ओलीले भने, “२०७७ सालको त्यो पीडा त्यसैरूपमा दोहोरिन नपाओस्, फैलिन र जनधनलाई क्षति नपु¥याइयोस् भनेर सरकारले काम गरिहरेको छ ।” उनले कोभिड–१९ को महामारीबाट सुरक्षित रहन सरकार र स्वास्थ्य मन्त्रालयका मापदण्ड पालना गर्न अनुरोधसमेत गरे । विसं २०७७ कोभिडको महामारी भए पनि निरर्थक वर्ष नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले उपलब्धिको वर्ष रहेको बताए ।

प्रधानमन्त्री ओलीले मिलिनियम च्यालेज्न कर्पोरेशन९एमसीसी० नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा हुँदा सम्झौता भएकोमा वर्तमान सरकारले संसद्मा टेबल गरेको विषयलाई गलत प्रचार गरिएको बताउनुभयो । उहाँले राष्ट्रिय एकता कायम गरी सम्पूर्ण सामथ्र्य देश विकासमा लगाउन जरुरी भएको बताए ।

प्रतिक्रिया दिनुहोस