aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

धागोको अव्यावहारिक भन्सार महसुलका कारण स्वदेशी उद्योग मारमा

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, ०२ बैशाख २०७८
धागोको अव्यावहारिक भन्सार महसुलका कारण स्वदेशी उद्योग मारमा

काठमाडौं । कपडा सिलाउने तयारी गोली धागो आयातमा अव्यावहारिक भन्सार मूल्यांकन र महसुलका कारण स्वदेशी उद्योगलाई मार परेको छ । आयातकर्ताले तयारी धागोलाई औद्योगिक कच्चा पदार्थसरह सहुलियतमा भित्र्याएपछि स्वदेशका यस्ता उद्योग संकटमा परेको उद्योगीहरूले बताएका छन् ।

कम भन्सार मूल्यांकन र महसुलमा भित्रिएको धागोका कारण स्वदेशी उद्योग समस्यामा परेका हुन् । आयातकर्ताले तयारी धागोलाई कच्चा पदार्थसरह सहुलियतमा भित्र्याउँदा स्थानीय उद्योगलाई प्रतिस्पर्धामा समस्या भएको एस थ्रेडका सञ्चालक मुर्ली जलानले बताए ।

कच्चा पदार्थको रूपमा प्रयोग हुने धागोको भन्सार मूल्यांकन प्रतिकिलो १५० रुपैयाँ छ । यसमा ५ प्रतिशत भन्सार महसुल र १३ मूल्यअभिवृद्धि कर लाग्छ । आयातकर्ताले तयारी धागोसमेत यही मूल्यांकन र महसुलमा भित्र्याउने गरेका छन् ।

कच्चा पदार्थको सहुलियतमा तयारी धागो आयात हुँदा स्वदेशी उद्योगीलाई प्रतिस्पर्धामा कठिनाइ भएको जलानले बताए । 

प्रतिक्रिया दिनुहोस