aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

लक्ष्यको ९२.५ प्रतिशत राजस्व संकलन, स्थानीय निकायले पाउने रकम ४.६ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ बैशाख २०७८
लक्ष्यको ९२.५ प्रतिशत राजस्व संकलन, स्थानीय निकायले पाउने रकम ४.६ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को फागनुसम्म संघीय सरकारको कुल राजस्व संकलन ४.५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ को ८ महिनासम्ममा ५ खर्ब ७१ अर्ब २० करोड पुगेको छ । कुल राजस्वमा कर राजस्व ५ खर्ब २७ अर्ब ६७ करोड र गैरकर राजस्व ४३ अर्ब ५३ करोड पुगेको छ । यस अवधिमा सरकारको कुल आम्दानी ६ खर्ब ३ अर्ब ९३ करोड पुगेको अर्थमन्त्रालयले प्रकाशित गरेको अर्थ बुलेटिनमा प्रकाशित गरेको छ । 

त्यस्तै, फागनुसम्म गत आर्थिक वर्षको तुलनामा भन्सार महशलुमा २४.५ प्रतिशतले वृद्धि भएको छ । आयकरको संकलनमा ५.४ प्रतिशतले कमी आएको अर्थमन्त्रालयले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।  

आन्तरिक तर्फका मूल्य अभिवृद्धि कर र आय कर शीर्थकको राजस्व लक्ष्यभन्दा बढी संकलन भएको छ । अन्य शीर्षकको राजस्व संकलनमा केही कमी आए पनि समग्र राजस्व संकलन लक्ष्यको ९२.५ प्रतिशत संकलन भएको अर्थमन्त्राललेले जनाएको छ । 

फागनुसम्ममा गत वर्षको सोहि अवधिको तुनामा गैरकर, आयकर र अन्यकर संकलनमा क्रमशः ११.७, ५.४ र १.१ प्रतिशतले ेकमी आएको छ भने अन्य शीर्षको कर संकलनमा वृद्धि भएको छ ।

फागनुसम्म भन्सार विन्दुमा  संकलन हुने राजस्व गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४.३ प्रर्तशतले वृद्धि भएको अर्थमन्त्रालयले जनाएको छ । यो अवधिमा भन्सार विन्दुमा नै २ खर्ब ६० अर्ब ४० करोड राजस्व संकलन भएको छ । 

पछिल्लो पाँच वर्षमा नेपालको राजस्व परिचलनमा वृद्धि हुँदै गइरहेको तथ्या मन्त्रालयले सार्वजनिक गरेको छ । वित्तीय संघीयताको कार्यान्वयनसँगै घर बहाल कर, रिजष्टिसन र सवारी सधान करमा लगाइने करको वृद्धि दर भने न्युन रहेको छ । 

त्यस्तै, आलू आर्थिक वर्षको फागुनसम्ममा सरकारको राजस्व परिचलन(बाँडफाँट अधिको रोयल्टी समेत) अधिल्लो आर्थिक वर्षको सोहि अवधिको ४ खर्ब ८२ अर्ब २१ करोडको तुलनामा ४ं४ प्रतिशतले वृद्धि भइ ५ खबए ३ अर्ब ५८ करोड पुगेको  छ। यस अवधिमा स्थानीय र संघीय सरकारले पाउने रकममा भने वृद्धि भएको छ ।

 गत वर्षको सोहि अवधिमा ६४ अर्ब ६३ करोड रहेको यस्तो रकम चालू आवको ८ महिनासम्म आइपुग्दा ४.६ प्रतिशतले वृद्धि भएर ६७ अर्ब ६२ करोड पुगेको अर्थमन्त्रालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस