aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि ६ परामर्शदाता छनोट

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • विहीबार, ०२ बैशाख २०७८
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि ६ परामर्शदाता छनोट

हेटौंडा । प्रदेश राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंबीचको आवतजावतलाई सहज बनाउन वाग्मती सरकारले पोस्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी–कुलेखानी सुरुङमार्ग) निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरका ६ वटा परामर्शदाता कम्पनीको छनोट गरेको छ ।

सुरुङमार्ग निर्माणका लागि भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण आयोजनाले भदौ २ मा परामर्शदाता छनोट गर्न आशयपत्र माग गरेको थियो । १२ अन्तर्राष्ट्रियस्तरका कम्पनीले आशयपत्र दर्ता गराएका थिए । जसमध्ये नेपालको फुलब्राइट कम्पनीसहित, कोरिया, टर्की, सिंगापुर र अस्ट्रेलियाका कम्पनी छनोटमा परेका छन् । ‘यी कम्पनीहरूसँग प्राविधिक र आर्थिक प्रस्ताव माग गरेका छौं,’ आयोजना प्रमुख नवीनकुमार सिंहले भने, ‘यसका लागि आगामी जेठ २ सम्मको समयसीमा दिएका छौं ।’

उनका अनुसार अहिले सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० को काम भइरहेको छ । एनईए इन्जिनियरिङ कम्पनीले सुरुङको डीपीआर पुनरावलोकनसमेत गरिरहेको छ । ईआईए र डीपीआर पुनरावलोकन रिपोर्ट वैशाख अन्तिम सातासम्म आइसक्नेछ । आगामी भदौसम्ममा सुरुङ निर्माणका लागि टेन्डर आह्वान गर्ने दाबी आयोजनाको छ ।

प्रतिक्रिया दिनुहोस