
काठमाडौं । नेपालका पूर्वी दुई नाका ७२ घण्टाका लागि सिल गरिएका छन् । भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाका लागि काँकडभिट्टा र भद्रपुर बन्द गरिएका हुन । विहीबार विहानदेखि ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द हुने भन्सार कार्यालयले जनाएको छन। पश्चिम बंगालमा यही वैशाख ४ गते राज्यसभाको निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस