
काठमाडौं । नेपालको सबैभन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले आफ्नो नयाँ वर्षको योजना सार्वजनिक गरेको छ । सामसङले अनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात् फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ ।
डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन् । सामसङलको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउँछन् ।
नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङको प्रतिवद्धता अनुरुप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिदै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्छन् ।
एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसङले लिईएको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्छन् ।
ग्यालेक्सी एम ०१ कोरमा १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सी एम ०२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन् । ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् ।
आफुसँग भएकोे कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभुत शर्तहरु लागू हुनेछन् । पहिलो पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्दछ । दोस्रो, फोनको ब्याट्रि, स्क्रीन र फोन को बडी सहि अवस्थामा हुनुपर्दछ ।
प्रतिक्रिया दिनुहोस