aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

भारतको एक्सचेन्जबाट नेपालले विद्युत् किन्न सक्ने, पीपीए आवश्यक नपर्ने

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, ०३ बैशाख २०७८
भारतको एक्सचेन्जबाट नेपालले विद्युत् किन्न सक्ने, पीपीए आवश्यक नपर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले बुधवार प्राधिकरणलाई आफ्नो मुलुकको विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न स्वीकृति दिएको छ । त्यसपछि प्राधिकरणले भारतबाट खुल्ला रूपमा विद्युत् किन्न पाउने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले भारतीय विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न केही समयअघि त्यहाँको ऊर्जा मन्त्रालयमा आवेदन दिएको थियो । सोही आवेदनको आधारमा सो मन्त्रालयले प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको हो ।

भारतले प्राधिकरणलाई विद्युत् विक्रीका लागि अनुमति भने दिइसकेको छैन । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले हाललाई भारतीय विद्युत् एक्सचेन्ज मार्केटबाट बिजुली किन्न मिल्नेगरी मात्र अनुमति पाएको बताए । तर, विद्युत् विक्री गर्ने अनुमति पनि पाउने प्रक्रियामा रहेको उनको भनाइ छ ।

अब प्राधिकरणले भारतको एक्सचेन्ज मार्केटबाट कुनै पनि कम्पनीको विद्युत् किन्न अर्थात् आयात गर्न सक्नेछ । हालसम्म प्राधिकरणले भारतको विभिन्न विद्युत् व्यापार कम्पनीसँग विद्युत् खरीद सम्झौता (पीपीए) गरेर विद्युत् आयात ९खरीद० गर्दै आएको थियो । अब विद्युत् आयात गर्न कुनै पनि व्यापार कम्पनीसँग पीपीए गर्न पर्दैन, एक्सचेन्ज मार्केटमा सहभागी भएका कुनै पनि कम्पनीबाट सीधै विद्युत् किन्न सकिने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस