aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

विद्यार्थीलाई आलो पालो गरेर पढाउन शिक्षा मन्त्रालयको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ बैशाख २०७८
विद्यार्थीलाई आलो पालो गरेर पढाउन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः बढ्दो अवस्थामा रहेकोले विद्यालयमा विद्यार्थीलाई आलोपाले गरेर पढाउन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव दीपक शर्माद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा संक्रमण पुनः बढ्दो अवस्थामा रहेकोले विद्यालयमा विद्यार्थीलाई आलोपाले गरेर पढाउन भनिएको हो । 

विज्ञेप्तीमा भनिएको छ, ‘शिक्षण संस्थाहरु सञ्चालन गर्दा भीडभाड नहुने गरि विद्यार्थीको संख्या एवम् संस्थाको मौजु्दा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको पछिललो अवस्थासमेतलाई विचार गरी स्थानिय तहसंग समन्वय एवम् परामर्श गरि आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई सम्बन्धीत संस्थाले सिकाई कृयाकलाप सञ्चालन गर्ने वयवस्था मिलाउनु ।’   

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय कोरोना संक्रमण उच्च भएका जिल्लामा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा स्थानीय निकायको निर्णयअनुसार विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न अनुरोध गरेको छ ।शुक्रबार मन्त्रालयमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे अन्तरक्रिया भएको थियो । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति जोखिममा रहेका भनी पहिचान गरेका जिल्ला र सहरमा डीसीसीएमसीको समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम विद्यालय बन्द गर्ने नगर्ने निर्णय गर्न शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । 
 
मन्त्रालयका सहसचिव तथा प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला सहर वा स्थान विशेषको हकमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम त्यस्ता विद्यालयहरु बन्द वा तोकिएबमोजिम गर्नुहुन बन्द गरिएका विद्यालयहरू पुनः सञ्‍चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा तोकिएका विधि तथा प्रक्रियाहरूको पालना गर्नुका साथै विद्यालयहरु बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्थाबमोजिम सिकाइ क्रियाकलापहरुलाई निरन्तरता दिनु ।
 

प्रतिक्रिया दिनुहोस