aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

मेलम्चीको पनि राजधानीका सडकमा छताछुल्ल

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०४ बैशाख २०७८
मेलम्चीको पनि राजधानीका सडकमा छताछुल्ल

काठमाडौं । पुरानो प्रणालीबाट पानी वितरण गर्दा महिनामा ३०० स्थानसम्ममा चुहावट हुनसक्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयले गठन गरेको कार्यदलले यस्तो प्रतिवेदन तयार पारेको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले  जानकारी दिए ।

 सडक विभागका महानिर्देशकको संयोजकत्वमा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, सडक डिभिजन प्रमुख, केयुकेएल शाखा कार्यालयका प्रमुख रहेको समितिले प्राविधिक अध्ययन गरी यस्तो प्रतिवेदन तयार पारेको हो । चुहावट भएका स्थानमा तत्काल सडक निर्माणका लागि सरकारसँग बजेट माग गर्ने उनले बताए । यसको समन्वय खानेपानी मन्त्रालयले गरेको जनाइएको छ । 

छिटोभन्दा छिटो नयाँ वितरण प्रणालीबाट पानी वितरण गर्न सडक डिभिजन कार्यालय काठमाडौँले माग गरेको छ । पुरानो वितरण प्रणालीबाट गरेसम्म उपत्यकाका सडकमा पानी चुहावटका कारण खाल्डाखुल्डी हुने डिभिजन प्रमुख नेपालीले बताए । 

प्रतिक्रिया दिनुहोस