aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कर्णालीमा ओली समूहलाई फेरि झड्का, माधव पक्षका मन्त्री नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
कर्णालीमा ओली समूहलाई फेरि झड्का, माधव पक्षका मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गरेका छन । यही वैशाख ३ गते विश्वासको मत हासिल गरे पश्चात् मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन । 

जसअनुसार उनले नेकपा (एमाले) माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरे । नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिए ।

यस अघिका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय समाली रहेका थिए । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ आइतबार लिने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस