काठमाडौं । सिंहदरबारको आँखा अगाडि नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाताको खोजीका लागि काठमाडौं प्रहरीले सक्रियता देखाएको छ ।
बुटबलबाट काडमाडौं आएकी धर्तीमाता भनिने बिष्णु कुँवरले सार्वजनिक स्थलमै बोक्सी भगाउने नाममा एक युवतीलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नका लागि प्रहरीले तदारुपकता देखाएको हो ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीका अनुसार भद्रकाली मन्दिरजस्तो सार्वजनिकस्थलमा भएको कुटपिटको घटनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन प्रक्रिया थालेको छ ।
कुँवरसँग फोन सम्पर्क भएको जनाउँदै डिएसपी बोगटीले कुँवरले आफू भक्तको घरमा रहेको र भक्तकै इच्छाअनुसार त्यस्तो गरेको जवाफ दिएको बताए । उनका अनुसार कुँवरले आफू रहेको स्थान भने खुलाउन मानिनन् । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस