
काठमाडौं । पार्टी विभाजनसँग गृहमन्त्री रामबहादुर थापा बादल मन्त्रीपदबाट मुक्त भएका छन । उनलाई सभाषद बनाएको पार्टी नेकपा माओवादी केन्द्रले पार्टीबाट हटाएपछि उनलको राष्ट्रियसभा सदस्य पद गुमेको हो । सांसद नरहेको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुनसक्ने भएकाले प्रधानमन्त्री ओलीले थापालाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ ।
नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । सो पत्रपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन्।
प्रतिक्रिया दिनुहोस