काठमाडौं । सरकारका प्रवक्ता गोकुल बास्कोटाले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्री परिषद पुनर्गठन कुनै पनि बेला हुन सक्ने बताएका छन् । उनले त्यसको अधिकार भने प्रधानमन्त्रीसँग मात्रै रहेको बताए ।
मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी ओलीले महशुस गर्नसाथ मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने स्पष्ट पारे । प्रधानमन्त्रीमा नीहित अधिकार भएकाले आफूले त्यसबारे बोल्न नमिल्ने उनले दोहोर्याए । मन्त्री बास्कोटाले मन्त्रीहरु कतिजना फेरिन्छ भनेर सञ्चार माध्यमले समाचार बनाउनु पनि बेकार हुने बताए ।
उनले क्लिन फिड’ लागू गरेरै छाड्ने दृढता समेत व्यक्त गरे । संचार माध्यामहरुलाई सबल बनाउने गरी ल्याइएको सो विधेयक संसदबाट पारित हुने उनको दाबी छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस