aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एमसीसी पास नहुने भएपछि संसद अधिवेशन अन्त्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ बैशाख २०७८
एमसीसी पास नहुने भएपछि संसद अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन सरकारले अन्त्य गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन आज सोमबार अपराह्न १ बजेदेखि अन्त्य गरेको हो ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठककोे सिफारिशमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेको हो । सोसम्बन्धी पत्र राष्ट्रपतिको कार्यालयबाट सङ्घीय संसद् सचिवालयमा प्राप्त भइसकेको जानकारी प्राप्त भएको छ । 

चालु अधिवेशनबाटै विवादित एमसिसि सम्झौता पारित गर्ने प्रधानमन्त्रिको चाहाना पुरा नहुने भएपछि अधिवेशन नै अन्त्य गरिएको बुझिएको छ । प्रधानमन्त्रि के.पी शर्मा ओलीले एमसिसि निर्णात्मक संसदमा पेश नगरे सभामुखको नै विकल्प खोज्ने सम्मको चेतावनी दिदै आएका थिए । सभामुखले त्यस्ता धम्किबाट आफु नडराउने बताएको भोली पल्टै सरकारले अधिवेशन अन्त्य गरेको हो ।

स्मरणीय कुरा यो छ कि सर्वोच्च अदालतको गत फागुन ११ को फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभामा राजनीतिक विवादका कारण महत्वपूर्ण विधेयक अघि बढ्न सकेको थिएनन् । सो अधिवेशन गत फागुन २३ गतेदेखि आरम्भ भएको थियो । 

प्रतिक्रिया दिनुहोस