aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

दिल्लीको लकडाउन थप एक साता लम्बियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ बैशाख २०७८
दिल्लीको लकडाउन थप एक साता लम्बियो

एजेन्सी । कोरोना संक्रमण फैलने क्रम तीव्र बनेपछि भारतको राजधानी दिल्लीमा थप एक साताका लागि लकडाउन लम्ब्याइएको छ । बीबीसीका अनुसार लकडाउन आज सोमबार रातीदेखि आउने सोमबार बिहानसम्मका लागि लागू हुनेछ ।  

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उपराज्यपाल अनिल बैजल र उच्च अधिकारीहरुबीच सोमबार बिहान भएको छलफलपछि कर्फ्यु लम्ब्याउने निर्णय गरिएको बीबीसीले जनाएको छ ।  विगत केही दिनयता भारतका दिल्लीलगायत प्रमुख राज्यहरुमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ ।

दिल्ली सरकारले संक्रमण रोक्न भन्दै शनिबार र आइतबार पनि कर्फ्यु लागू गरेको थियो । त्यसैगरी दिल्लीमा गत ६ अप्रिलदेखि आगामी ३० अप्रिलसम्मका लागि घोषणा गरिएको रात्रिकालीन कर्फ्यु कायमै छ ।

प्रतिक्रिया दिनुहोस