aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भारतमाथि नेपालको अर्को झट्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
भारतमाथि नेपालको अर्को झट्का

काठमाडौं । सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन् ।

त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यस्ता ऋण सरकारले तिरिदिने उनले बताए । आजको नेपाल समाचारपत्रमा दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस