aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आमाको किरिया चार दिनमै सक्दा गाउँबाटै बहिष्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
आमाको किरिया चार दिनमै सक्दा गाउँबाटै बहिष्कार

सिरहा । मानिसको मृत्यु भए १३ दिन किरिया बस्ने सामाजिक संस्कार छ। ऋण लिएरै भए पनि भोज खुवाउनै पर्ने मधेसी प्रचलन छ। मर्दा चार गाउँ भोज गर्ने, तेह्र दिन किरिया बस्ने पर्ने माइजन (जातिको मुखिया) ले कर गर्छन्।

पुस्तौंदेखिको सामाजिक परम्परा तोड्दा सिरहा नगरपालिका–१९ सन्हैठा गाउँका बौद्धिक नेता रामरिझन यादव गाउँलेबाट बहिष्कारमा परेका छन्। मुखियाले श्रद्धाञ्जली सभामा नजान निर्देशन दिएकाले गाउँले सभामा सहभागी भएन एक स्थानीयले भने।

आमा जगियादेवीको शोक चार दिनमै सक्दा उनी बहिष्कारमा परेका हुन्। सात वर्षअघि बाबुको निधन हुँदा उनले चार दिनमै किरिया छोट्याएका थिए। किरिया छोटयाएपछि उनी समाजबाट अपहेलित भएका हुन्। उनलाई यादव जातिबाटै निष्कासन गरिएको छ। भोज नगरी उनले त्यसबापतको खर्च गाउँकै विद्यालयमा अक्षय कोष स्थापना गरेका छन्।

बौद्धिक नेतामा गनिने उनलाई चुनाव लड्दा परम्परा मासेको भन्दै भोट नदिनेको ठूलो जमात छ। उनी समाजवादी पार्टीका नेता हुन्। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यादव प्रेस सल्लाहकार थिए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस