aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

संसद् अधिवेशन स्थगन गरिएकोप्रति कांग्रेसको आपत्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ बैशाख २०७८
संसद् अधिवेशन स्थगन गरिएकोप्रति कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । भोलि वैशाख ७ गते प्रतिनिधिसभा बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौँ महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरिएको कांग्रेसको निष्कर्ष छ ।
 
कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस