
एजेन्सी । भारतमा एउटा बाँदरले दुधको बोतल खोस्ने क्रममा एक महिने शिशु मारिदिएको छ । सम्भाल जिल्लाको जुनाभाइमा कोक्रोमा पल्टिरहेकी एक महिने बालिकासँग रहेको दुधको बोतल खोस्न आएको बाँदरले उनको हत्या गरिदिएको हो ।
बरण्डा नजिकै बसेर काम गरिरेहकी सुनिता देवीले छोरीलाई कोक्रोमा राखेकी थिई । त्यतिखेर बाँदर आयो र उनीबाट दूधको बोतल खोस्न खोज्यो । बाँदर घरको छतमा बसिरहेको थियो र उसले बोतल देखेपछि अचानक शिशुमाथि आक्रमण गर्यो ।
कोक्रोमा बाँदर झुण्डिरहेको देखेपछि आत्तिएर सुनिताले गुहार मागिन् । उनका परिवारका सदस्यहरू घरभित्रबाट आएर बाँदरलाई भगाउन खोजे । तर बाँदर भाग्नुभन्दा पहिला बच्चीलाई घाइते बनाइसकेको थियो ।
उनलाई तत्कालै स्थानीय अस्पताल पुर्याइएको थियो तर बाटैमा उनको मृत्यु भयो । शिशुको शरीरमा गम्भीर आन्तरिक चोट लागेकाले मृत्यु भएको चिकित्सकहरूले बताए ।
प्रतिक्रिया दिनुहोस