aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

विद्युत् विकास विभागद्धारा १७ सोलार प्लान्टलाई निर्माणको अनुमति

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, ०७ बैशाख २०७८
विद्युत् विकास विभागद्धारा १७ सोलार प्लान्टलाई निर्माणको अनुमति

काठमाडौं । विद्युत् विकास विभागले हालसम्म १७ ओटा सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको छ । विभागले कुल ११० दशमलव ४७ मेगावाट बराबरको १७ आयोजना सोलार प्लान्टलाई निर्माण तथा उत्पादनको अनुमति दिएको हो ।

विभागले २०७६ जेठमा ८ दशमलव ५ मेगावाटको बुटवल सोलार प्लान्टलाई निर्माणको अनुमति दिएको थियो । रिडी हाइड्रोपावर कम्पनीले बुटवलमा उक्त आयोजना बनाउने गरी विभागबाट पहिलो पटक निर्माणको अनुमति पाएको थियो । त्यसपछि थप १६ सोलार प्लान्टले विभागबाट निर्माणको अनुमति पाइसकेका छन् ।

सोलार प्लान्ट बनाउन अनुमति पाउनेका अधिकांश निजीक्षेत्रका कम्पनी रहेका छन् । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा कुल १४।७७ मेगावाट क्षमताको ३ ओटा सोलार प्लान्ट बनाउने गरी अनुमति पाएको छ । यसबाहेक अन्य सबै निजीक्षेत्रका कम्पनी हुन् । प्राधिकरणले नुवाकोटमा कुल २५ मेगावाटको सोलार प्लान्ट बनाउँदै छ । प्राधिकरणले प्लान्टअनुसार छुट्टाछुट्टै ब्लक बनाएर लाइसेन्स लिँदै आएको छ । अर्को १० दशमलव ३३ मेगावाट क्षमता बराबरको प्लान्ट भने सर्वेको चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस