
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दलहन, आइसक्रिम महलगायत थप १७ वस्तुको मापदण्ड तोक्ने तयारी गरेको छ । यसअघि चिउरा, पुुष्टकारी, गुुँदपाकलगायतका गुणस्तर मापदण्ड तोकेको विभागले थप १७ वस्तुको मापदण्ड निर्धारण गर्ने तयारी गरेको होध्र मह, आइसक्रिमलगायत वस्तु निर्यात हुन्छन ।
विभागका निर्देशक मोहनकृष्ण महर्जनले यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा खाद्य विज्ञसहितको प्रविधि समितिले काम गरिरहेको जानकारी दिए । यीमध्ये पनि केही वस्तुको मापदण्ड प्रविधि समितिबाट स्वीकृति भइसकेको र अधिकांश स्वीकृत हुने क्रममा रहेको उनको भनाइ छ । उनका अनुसार विगतमा खाद्यान्न भने मापदण्ड बन्यो तर वस्तुगत रूपमा छुट्याइएने छ ।
विभागका अनुसार वस्तुगत रूपमै मापदण्ड हुँदा व्यापारमा पनि सहजीकरण हुनेछध्र गर्मी महिना सुरु भएसँगै आइसक्रिमको खपत पनि बढछध्र यद्यपि यसको मापदण्ड निर्धारण गरिएको छैन । गेडागुडी, सिमी÷सिमीको दाल, बकुला÷बकुलाको दाल, बोडी तथा बोडीको दाल, राजमा÷राजमाको दाल, गेडा केराउ÷केराउको दाल, गहतको दाल, गेडा मस्याङ र आइसक्रिमको गुण‚तर तोक्ने लागिएको छ । प
फ्रोजन डेजट, खुवा÷कुराउनी, छुर्पी, डरी हवाइटनर, कर्न स्टार्च, माल्टेड मिल्क फुड, माल्ट वस्ड मिल्क फुड, पास्ता र महको गुणस्तर तोक्ने तयारी गरिएको हो । अनिवार्य गुणस्तर मापदण्ड मस्यौदा तयारी गरी प्राविधिक विज्ञहरूको समितिमा छलफल गरिएको विभागले जनाएको छ । विभागका अनुुसार उपसचिवको संयोजकमा रहेको गुणस्तर निर्धारणसम्बन्धी समितिले अध्ययन गरिरहेको छध्र समितिले प्रयोगशाला परीक्षण, अन्तर्राष्ट्रिय र यसअघिका राष्ट्रिय अभ्यासलगायतका विषयलाई आधार बनाएर छलफल भइरहेको छध्र प्राविधिक समितिबाट स्वीकृत भएपछि महानिर्देशक संयोजकत्वमा गठित समितिमा छलफल हुने र यसपछि कृषि तथा पशुपन्छी सचिवसमक्ष पेस हुने विभागका प्रवक्तासमेत रहेका निर्देशक महर्जनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस