
काठमाडौं । भुकम्पबाट प्रभावित १४ जिल्लाको ७ सय ५३ वटा सम्पदा क्षति भएको छ । यी सम्पदा पाँच वर्षभित्रमा बनाइसक्नुपर्नेमा भूकम्प गएको यही वैशाख १२ गते चार वर्ष पूरा हुँदै छ । सरकारले यो अवधिमा जम्मा २२४ वटा मात्रै सम्पदा पुनर्निमाण सम्पन्न गरेको छ । अब दुई वर्षभित्रै सबै सम्पदा बनाइसक्ने घोषणा गरेको छ । विगत ४ वर्षको प्रगतिको आधारमा अबको दुई वर्षमा बाँकी ३२९ वटा सम्पदा बनाउनु चुनौतिपूर्ण देखिएको छ ।
पुरातत्व विभागबाट १६२, संघसस्थाबाट ४२ र पशुपति क्षेत्रबाट २० सम्पदा पुनर्निमाण सम्पन्न भएको छ । ४४५ वटाको निर्माण कार्य भैरहेको छ । भुकम्प प्रभावित १७ जिल्लाका ८४५ मध्ये गुम्बा बाहेकका ५८७ वटा सहित कुल ८९५ वटा सम्पदा संरक्षण तथा पुननिमार्ण कार्य जारी रहेको विभागले जानकारी दिएको छ ।
भुकम्प गएको ४ वर्ष वितिसक्दा पनि अझै ३०८ वटा सम्पदाको काम सुरू भएको छैन् । विभागको कामको गति ढिलो भएको सन्दर्भमा पनि पुरातत्व विागका प्रवक्ता रामबहादुर कुवँर भने छिटो र समयमै काम गरिरहेको दाबी गर्छन् ।
कुवँरले भने ‘वार्षिक १५० का दरले सम्पदा पुननिमार्ण कार्य भइरहेको छ ।’ अहिले सम्म ५० प्रतिशत काम सम्पन्न भैसकेको र अबको २ वर्षमा सम्पूर्ण सम्पदा पूर्ण रूपमा सम्पन्न भैसक्ने पुरातत्व बिभागले दाबी छ ।
हालसम्म बनेका सम्पदा सम्पन्न गर्नका लागि १ अर्ब ७६ करोड ४४ लाख ६८ हजार खर्च भएको छ । आव ०७२/७३ देखि ०७५/७६ सम्मको लागि ४ अर्ब ०४ करोड ६७ लाख ७६ हजार रुपैयाँको बजेट छुट्याइएको छ । क्षति भएका सम्पूर्ण सम्पदाहरू बनाउन जम्मा १९ अर्ब ६६ करोड लाग्ने विभागको अनुमान छ । यसमध्ये १२ अर्ब ६६ करोड बजेट यस अघि नै विनियोजन भएको र अपुगका रकम ७ अर्ब माग भइरहेको विभागले जानकारी दिएको छ ।
०००
दातृ निकायको सहयोगमा बनेका सम्पदा
हालसम्म विभिन्न दातृ निकायको सहयोगमा भिमसेन मन्दिर अगाडिको सिंहको मूर्ति, योग नरेन्द्र मल्लको सालिक, सुन्दरीचोक पूर्वीलग, तलेजु र मुलचोकको छाना, महादेव मन्दिर, लक्ष्मी नारायण मन्दिर, सरस्वती मन्दिर संरक्षण, सोह्रखुट्टे पाटी, मणिमण्डप सम्पन्न भैसकेका छन् । हरिशंकर मन्दिर र चार नारायण मन्दिर भने पुनर्निमार्ण क्रममा छ ।
भक्तपुर नगरपालिकाले बनायो ११ सम्पदा
भक्तपुरनगरपालिकाले हालसम्म विभिन्न १० वटा सम्पदा निर्माण गरिसकेको छ । नगरपालिकाले खौमा गेट, त्रिविक्रम नारायण, शंकर नारायण, हरिहर नारायण, भिमसेन मन्दिर, केदारनाथ, ईनाचो नासद्यों, क्वांछे पाटी, लक्ष्मीनारायण मन्दिर संरक्षण गर्ने, ५५ झ्याले दरवार सम्पन्न गरेको छ ।
यस्तै काठमाडौं महानगरपालिकाले नगरा घर, सिहसत्तल, गहिटी संरक्षण, सम्पन्न गरेको छ । काष्ठमण्डप, कुमारीघर, माजु देग, शिवपार्वती मन्दिर, महाविष्णु, निमार्ण हुने क्रममा छन् ।
स्वयंम्भू महासमितिले पनि शाान्ति पुर पूर्वको पाटी, मञ्जुश्री सत्तल, टासी गोमांग चैत्य, बसुबन्धु चैत्य, पुरानो स्वयम्भु चैत्य, प्रस्तर मयुर स्तम्भ, अनन्तपुर अगाडीको ठुलो घण्ट, बसुन्धारा मन्दिर संगैको द्यछें, ताराका दुईवटा प्रस्तर स्तम्भ, षडाक्षर लोकेश्वर, सम्पदा सम्पन्न गरेको छ ।
हनुमानढोका विकास समितिले पनि देगु तलेजु, श्वेत भैरव, मसानचोक नृत्यश्वर मन्दिर, प्रतापमल्लको शालिक सम्पन्न भएको छ । नौतले र गद्धीबैठक बीचको राणाकालीन भवन, कँडेलचोक भगवती, मसानचोकको दक्षिणतर्फको पृथ्वीनारायण शाहको शयनकक्ष रहेको भवन, देगु तलेजुसंगैको राणाकालिन भवन त्रिभुवन स्मृति संग्रहालय, तलेजु मन्दिरको टेराकोटाका ४ वटा ढोकाहरु, तलेजु मन्दिरको आधारपेटी, पुतली बगैचा, नागपोखरी, जस्ता सम्पदाहरु पुननिमार्ण हुने क्रममा छन् ।
पशुपति विकास कोषले लाल गणेश मन्दिर सम्पन्न गरेको छ । मियामोती रिलिफ फण्डले हनुमानढोका दरवार परिसर गद्दि बैठक, पाटन संग्रहालय विकास समिति, पाटन संग्रहालयको उत्तरी लंग, भिमसेन मन्दिर, अमेरिकन एम्बेस्डर फण्ड पञ्चमुखी हनुमान मन्दिर मोहनकाली चोकको पश्चिम मोहडा सम्पन्न गरेको छ । भने मुलचोक वरीपरीको भाग बनेको छैन ।
प्रतिक्रिया दिनुहोस