
काठमाडौं । काठमाडौं जिल्ला कोरोना संक्रमणको हटस्पट बन्दै गए पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार अर्को सूचना जारी गरेको छ । काठमाडौंका कतिपय स्थानहरुमा यसअघि जारी आदेशको उल्लङघन गर्दै कार्यक्रमहरु आयोजना भइरहेको भन्ने जन गुनासो बढेपछि सीडीओ कार्यालयले नयाँ आदेश जारी गरेको हो ।
प्रशासकीय अधिकृत मान बहादुर बुढाद्धारा जारी सूचनामा भनिएको छ– नेपाल सरकार मन्त्रीपरिषद्को बैशाख ६ गतेको निर्णयबाट भएको आदेशको बुदा नं. ७ मा उल्लेख भएको व्यवस्था विपरित कतिपय सरकारी तथा सार्वजनिक निकायहरु, निजी तथा गैर सरकारी संघ संस्थाहरुले भौतिक रुपमै उपस्थिती भएर विभिन्न सभा सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालिम तथा प्रशिक्षणहरु सञ्चालन गरेको भन्ने गुनासो प्रप्त हुन आएकोले त्यस्तो कार्यक्रमहरु भर्चुअल विधिबाट सञ्चालन गर्नु सरोकारवालाहरुमा अनुरोध छ ।
प्रतिक्रिया दिनुहोस