काठमाडौं । कोरोनाका कारण सरकारले विदेश पढ्न जाने विद्यार्थीलाई वैदेशीक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको छ । सरकारले धेरै नेपाली विद्यार्थी जाने पाँच देशमा नो अब्जेक्सन लेटर जारी गर्न बन्द गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि नो अब्जेक्सन लेटर दिन बन्द गरिएको सूचना प्रकाशित गरेको छ ।
सरकारले कोरोनाको नयाँ भिरियन्ट देखापरेकाले केहि समयका लागि यी पाँच देशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीका लागि नो अब्जेक्सन लेटरले बन्द गरिएको सूचनामा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस