aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
ईपीएस नतिजा

कोरियन भाषाको नतिजा प्रकाशित (यसरी हेर्नुहोस् रिजल्ट)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
कोरियन भाषाको नतिजा प्रकाशित (यसरी हेर्नुहोस् रिजल्ट)

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ ।

सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी हो ।

परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ प्रस्नकाे उत्तर मिलाउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लेख्ने ३८ प्रस्नकाे उत्तर मिलाउने पास भएका छन् ।

कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार ३ सय ५६ जना परीक्षार्थीमध्ये ८४ हजार २ सय १५ जना भाषा परीक्षामा सहभागी भएका थिए ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजान भएको हो ।

परीक्षाको नतिजा हेर्न यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन पालन गर्नुहोस् । परीक्षाको नतिजा थाहा उनका लागि तपाईंको जन्ममिति तथा पार्सपोर्ट नम्बर आवश्यक पर्छ ।

ईपीएस परीक्षाको नतिजा यहाँबाट हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस