
काठमाडौं । काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा सिरिन्ज आक्रमण गर्दै त्रास फैलाउने १ पक्राउ परेको छ । काठमाडौंका डल्लु लगायतका एरियाहरूमा मोटरसाईकलबाट आएका अज्ञात व्यक्तिले धारिलो काटी जस्तो वस्तु प्रहार गरी घाईते बनाएको र टेकु हस्पिटलमा समेत उपचार गराएको भन्ने पीडितहरूको उजुरी परेपछि खोज्ने क्रममा शन्तोष कार्की पक्राउ परेकाे हाे ।
उनले राती घर फर्किने क्रममा बाटाेमा राती सुइ (चुच्चे किला) घाेच्दै हिन्ने गरेकाे बताएकाे छ । महाराजगंजबाट मो.सा.बा ४७ प १३३१ सहित रामेछाप घर भई हाल नैकाप बस्ने वर्ष ३० को शन्तोष कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ।
काठमाडौं परिसरका प्र.ना.उ.होविन्द्र बोगटीको कमाण्डमा खटिएको अपराध महाशाखा सहितको विशेष टोलीले महाराजगंजबाट कार्कीलाई पक्राउ गरी परिसर टेकुमा राखी अनुसन्धान भईरहेको छ ।
उनी महाराजगंज स्थित फाष्टपुड संचालक रहेको र १०ः०० वजे रेष्टुरेष्ट बन्द गरेर सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकाप फर्कने क्रममा बाटोमा भेटिएका महिलाहरूलाई ढलान किलाले घोपी हिडेको स्वीकार गरेको छ ।
प्रतिक्रिया दिनुहोस