एजेन्सी। अस्ट्रेलियाले चीनको महत्त्वाकाङ्क्षी 'बेल्ट एन्ड रोड' परियोजनासँग सम्बन्धित दुई सम्झौताहरू रद्द गरेको छ। बुधवार, अस्ट्रेलियाका विदेश मन्त्री मेरास पेनले चीनसँगको चार सम्झौता रद्द गर्ने घोषणा गरे जसमध्ये बेल्ट एन्ड रोड परियोजनासँग सम्बन्धित दुई सम्झौता परेका हुन्।
चाखलाग्दो कुरा के छ भने, यी दुई सम्झौताहरू अस्ट्रेलियाले नभई चीन र भिक्टोरिया प्रान्तले हस्ताक्षर गरेका थिए। डिसेम्बरमा अस्ट्रेलियाको संघीय सरकारलाई भिटो शक्ति दिइयो कि त्यसले एक प्रान्त वा विश्वविद्यालयले लिएको निर्णयलाई रद्द गर्न सक्दछ।
परराष्ट्र मन्त्री पेनले एक विज्ञप्ति जारी गरेका छन्, जसले विदेश नयाँ नीतिको व्याख्या गर्छ। उनले भने, "म यी चार सम्झौताहरू अस्ट्रेलियाको विदेश नीति वा हाम्रो विदेश सम्बन्धको विपरीत ठान्छु।"
बिहीबार, परराष्ट्र मन्त्री पेनले यस निर्णयलाई फेरि स्पष्ट पार्दै भनेका छन् कि यो निर्णय विदेश सम्बन्धमा स्थायित्व सुनिश्चित गर्न भएको हो, यो कुनै पनि देश लक्षित छैन। बिबिसीका अनुसार पेनले एबीसी रेडियोको एएम कार्यक्रममा भने कि उनलाई धेरै प्रान्तहरूबाट धेरै विदेशी सरकारहरूसँग सम्झौता भएको खबर आयो र नयाँ नीति अन्तर्गत यसको लागि भिटो पावर प्रयोग गरिँदै छ।
उनले भने कि अस्ट्रेलिया चीनसँगको सम्बन्धप्रति प्रतिबद्ध छ र 'हामी विश्वको हरेक ठाउँका सरकारलाई अनुरोध गर्दछौँ कि हाम्रो सरकारले निर्णय गर्ने अधिकारको सम्मान गर।' बुधवार यो निर्णय सार्वजनिक हुनु अघि नै चीनले यसमा आपत्ति जनाइसकेको छ।
अस्ट्रेलियामा चिनियाँ दूतावासले यसलाई 'अस्ट्रेलियाली पक्षले चीनको विरुद्धमा उठाएको अर्को अनुचित र उत्तेजक कदम' भनेको छ। "यसले देखाउँछ कि अस्ट्रेलिया सरकारले चीन-अस्ट्रेलिया सम्बन्ध सुधार गर्न कुनै इमानदारी देखाउँदैन," चिनियाँ दूतावासले आफ्नो विज्ञप्तिमा लेखेको छ।
चिनियाँ दूतावासले अस्ट्रेलियाको यो नयाँ कदमले द्विपक्षीय सम्बन्धलाई अझ हानि पुर्याउने र आफैँलाई चोट पुर्याउने भनेको छ। दुई देशहरू बिचको सम्बन्ध अझै तनावपूर्ण छ जुन अस्ट्रेलियाले सन् २०१८ मा चिनियाँ कम्पनी हुवावेको फाइभ जी नेटवर्कमा प्रतिबन्ध लगाएपछि चिसिएको हो।
अस्ट्रेलिया त्यस्तो प्रतिबन्ध लगाउने पहिलो देश थियो, जस पछि धेरै पश्चिमी देशहरूले पनि यस्तो निर्णय लिए। अस्ट्रेलियाले विश्व समुदायलाई कोरोना भाइरस महामारीको सुरुवातको लागि चीन कति जिम्मेवार छ भन्ने स्वतन्त्र रूपमा छानबिन गर्न आग्रह गरेपछि सम्बन्ध अझ तनावग्रस्त भएको छ।
अस्ट्रेलियाले आफू विरुद्ध कडा कदम चालेपछि चीनले मदिरा र कोइला निर्यातमा आर्थिक प्रतिबन्ध लगाएको छ।
प्रतिक्रिया दिनुहोस