
नयाँ दिल्ली । वित्तमन्त्रीले उद्योग सरोकारवालाहरुलाई केहि दिनको लागि स्थितिलाई हेर्न र प्रतीक्षा गर्न आग्रह गरिन्। कोविड १९ संक्रमणमा भएको बृद्धि बीच केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले उद्योग नेताहरूलाई सरकारको पूर्ण समर्थनको आश्वासन दिएकी छिन् र परिस्थितिलाई आंकलन गर्न अर्को केही दिन पर्खन आग्रह गरेकी छिन्।
बुधबार फिक्की राष्ट्रिय कार्यकारी समितिका सदस्यहरूलाई भर्चुअल मोड मार्फत सम्बोधन गर्दै सीतारमणले भनिन् कि प्रधानमन्त्रीको राष्ट्र को नाममा सम्बोधन, नँया टीकाकरण मार्गनिर्देशन र कोविड १९ केसहरू सञ्चालन र सम्हाल्न अपनाइएका पाँच गुणा सशक्त रणनीति ( परीक्षण, ट्र्याक , उपचार, कोविड १९ प्रोटोकोल र खोप ( ले आउँदा दिनमा केही हदसम्म आश्वासन दिनेछ।
ूम उद्योगलाई अर्को केहि दिन धैर्य राखी अझ बढी ध्यानपूर्वक हेर्न अनुरोध गर्दछु, र त्यसपछि आफै मुल्यांकन गर्नुहोस् कि यो चौमासिक कस्तो भइरहेको छ, अर्थमन्त्रीले आग्रह गरिन्।
सीतारमणले अगाडि भनिन्, ' कोविड १९ महामारीको थालनी भएदेखि आतिथ्य, उड्डयन, यात्रा, पर्यटन र होटेल जस्ता क्षेत्रहरूमा ठूलो समस्या उत्पन्न भएको छ।'
ूहामीले यी क्षेत्रहरूको लागि आपतकालिन क्रेडिट लाइन ग्यारेन्टी योजना (ईसीजीएलएस २.०) विस्तार गरिसकेका छौं र यस पटक पनि उड्डयन तथा पर्यटन क्षेत्रको लागि कार्य सम्पादन र दक्षताको गुणस्तर सुनिश्चित गर्ने छु।
अक्सिजन आपूर्ति सम्बन्धी बोल्दै अर्थमन्त्रीले भनिन् कि आपूर्ति एकदमै राम्रोसँग म्याप गरिएको छ र विशेष गरी उच्च संक्रमित र तनावग्रस्त १२ राज्यहरू (दिल्ली, महाराष्ट्र, उत्तर प्रदेश, छत्तीसगढ़, मध्य प्रदेश, गुजरात, राजस्थान, पंजाब, हरियाणा, कर्नाटक, तमिलनाडु र केरला)मा नँया अनुमति प्रदान गरिएको छ।
जिल्ला स्तरमा समीक्षाको साथ आपूर्ति को अनुगमन भैरहेको र आउँदो १५ दिनसम्म उनीहरूको नजिकबाट अझै गहिरो अनुगमन गरिनेछ।
ूसरकारले अक्सिजन ट्यांकरहरुलाई सबै राज्य(आवागमनमा छुट दिएको छ, दर्ता र अनुमति पत्रमा छुट दिएको छ। उनीहरू चौबीसै घण्टा सञ्चालनमा आउन सक्छन् र सिलिन्डर भर्ने प्लान्टहरू आवश्यक सुरक्षाको लागि २४ घण्टा सञ्चालन भइरहेका छन्,अर्थमन्त्रीले भनिन्।
बढाइएको फार्मा क्षमताको बारेमा विस्तृत वर्णन गर्दै उनले भनिन् कि महत्वपूर्ण औषधीहरूको निर्माण तथा आपूर्ति का निम्ति पर्याप्त मात्रामा कदम चालिएको छ। ूहामीले रेमडेसिभिर उत्पादनका लागि द्रुत ट्र्याक अनुमति दिएका छौं।
अर्थ मन्त्रीले भनिन्, मेडिकल अक्सिजनको माग पूरा हुने बित्तिकै यस उद्योगले हालै मेडिकल अक्सिजनको आयातलाई अनुमति दिइएकोले अक्सिजनको आवश्यक आपूर्ति पनि गर्ने छ। इडिया न्युज नेटवर्क
प्रतिक्रिया दिनुहोस