aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शुक्रबार, १० बैशाख २०७८
कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने

काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्धारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ । बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो । 

भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच पुग्दैन । महामारीमा उपचार नपाएर नागरिकको मृत्यु हुनसक्ने जोखिमलाई ख्याल गर्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस