
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले आफूहरु नभई ओली नै पार्टी फुटाएर जानलागेको बताए ।
‘ओलीजी पार्टी फुटाएर जाँदैहुनुहुन्छ,’ रावलले भने,‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं ।’उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे । कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरु निर्वाचित पदाधिकारी भएको बताए ।
नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्षभएको र आफूहरु पनि पदाधिकारी भएको बताए । रावलले भने,‘हामी नेकपाएमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं ।’
कुनै व्यक्तिले हटाउँदैमा आफूहरुको सांसद पद नजाने जिकिर गरे । उनले सांसद पद जाने गरी विधिविधान विपरित कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गर्न नसक्ने तर्क गरे । ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन,’ओलीलाई चुनौती दिदै रावलले भने,‘सांसद पदबाट मुक्तहुन संविधानले स्पष्ट रुपमा विधितोकेको छ भन्ने हेक्काहोस् ।’
विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपाएमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए । उनले सांसद पदबाट आफूहरु हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गरे । उनले भने,‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौं ।’आफूहरुले अलग पार्टी बनाएको आरोप हाँस्या स्पदभएको बताए । उनले भने,‘अलग पार्टी चलाएको र संचालन गरेका छैनौं ।’
ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा दिए । कार्यकर्ता माझ मिलाउ नखोजेको थिएँ भनी भ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको सुनाए ।
ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक संज्ञा दिए । अवैधानिक कमिटी बनाएर गरिएको बैठक अवैधानिक नै हुने तर्क गर्दै सहभागी हुन नसक्ने बताए । उनले भने,‘ओलीजी नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ भने हामी पनि सोही महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हौं ।’
सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको बताए । ओलीले चालेका कदमहरु नसच्याएर देशमा अस्थिरता र अराजकता मच्चिने बताए ।
देशको सीमाना मिचिएको भन्दै रावलले त्यस्तो अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने, नेकपा विघटन गर्ने र फेरिएमाले नै विघटन गराउन खोज्ने गतिविधि गरिरहेको आरोप लगाए । उनले भने,‘भारत र चीन जस्ता देश अवस्थितभूराजनीतिक जटिलताका बीच रहेको देशमाओलीको गतिविधि घातक छ ।’
लिपुलेकमा भारतले मार्ग बनाउन लागेपछि आफूहरुले बारम्बार आवाज उठाएपछि मात्र ओली नक्शा प्रकाशित गर्न मानेको बताए । तर, नक्शा प्रकाशित सरकारी पुस्तिकामा प्रति बन्धलगाएको बताए ।
ओलीले कोरोना महामारीको बखतजनता घरभित्र बस्दा दलविभाजनको अध्यादेश ल्याउने देखि देशको राजनीतिलाई दुषित गर्न लागेको आरोप लगाए । उनले ओलीको राष्ट्रवादमाथि नै प्रश्न गरे ।
ओलीले अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गराएर देशलाई बाह्य प्रभावमा पार्न खोजेको आरोप लगाए । एमसीसीलाई राष्ट्र हितविपरित भन्दै त्यसलाई रोक्न आफूहरु लागेको बताए । उनले भने,‘देशहित विपरित जान्नभनेर सभामुखले भन्नुभएको छ, उहाँलाई धन्यवाद छ ।’ देश हितविपरितका प्रावधान राखिएको र त्यसलाई हटाएमा मात्र एमसीसी संशोधनसहित पारित गर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारे ।
ओलीले एमसीसी नेपालको कानुनभन्दामाथि र प्रसारण लाइनमा अमेरिकी अधिकार स्थापित गर्ने प्रावधान राखेर पारित गर्न खोजेको आरोप लगाए । उनले भने,‘नेपालको संविधानभन्दामाथि एमसीसीमा उल्लेखित प्रावधान खतरनाक छ ।’एमसीसीको प्रावधान सच्चिनुपर्ने बताए । उनले भने,‘कसैको ५ अर्ब वार्षिक रकममा देशको अस्मिता लुट्न दिन मिल्छ ?’ सुनको आसनमा बस्न दिएर आमाको अस्मिता लुट्न छुट दिए जस्तै स्वीकार्य नहुने बताए । देशलाई अफगानिस्तान र सिरियाको अवस्थामालाने शैली स्वीकार्य नभएको बताए । एमसीसीमा भएका देश हितविपरितको प्रावधान नहटाए सम्झौता रद्द गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस