
एजेन्सी । कोरोना क्राइसिसका कारण धेरै मानिसहरू आमदनी बन्द भएको छ । मुद्दती खाता रहेका भारतीयहरुलाई त्यहाका बैंकहरुले फिक्स्ड डिपोब्जिट (एफडी) मा ऋण दिने योजना सार्वजनिक गरेका छन् । धेरै बैंकहरू ६ प्रतिशत व्याजमा एफडी ऋण लिन थालेका छन् । जो पर्सनल लोनसँग तुलनात्मक रूपमा कम रहेको बताइएको छ ।
एफडी ऋण लिन चाहने ग्राहकले मुद्दती खातामा पाइरहेका ब्याजमा १–२ प्रतिशत बढी ब्याज दिनु पर्ने हुन्छ । मुद्दती खातामा ४ प्रतिशत ब्याज पाइरहनु भएको छ भने ६ प्रतिशत ब्याजमा ऋण लिन पाउनुहुन्छ ।
एफडी ऋण लिनका लागि मुद्दती खातामा रहेको रकमको ९० प्रतिशतसम्म ऋण दिने भारतीय बैंकहरुले जनाएका छन ् । भारतीय बैंकहरु ७ वटाले यस्तो योजना सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया दिनुहोस