aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

तरकारी र कुखुराको मासुको मूल्य अनियन्त्रित

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • आइतबार, १२ बैशाख २०७८
तरकारी र कुखुराको मासुको मूल्य अनियन्त्रित

काठमाडौं । तरकारी र कुखुराको मासुको मूल्य अनावश्यक बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहिबार राती काठमाडौंका् थानकोट चेकपोष्टमा अनगमन टोली खटायो । प्रहरी र उपभोक्ता अधिकारीकर्मीसहित सहभागी अनुगमनमा तरकारी र कुखुरा बोकेको दर्जन भन्दा बढी गाडी निरिक्षण गरियो । 

राती ढुवानीककर्तामा अनुगमन गरेको टोलीले शसक्रबार उपत्यकाको सबैभनदा ठुलो होलसेल बजार कालीमाटी फलफूल तथा तरकारी तरकारी विकास समितिको पनि निरिक्षण गर्यो । सरकारी स्वामित्वमा सञ्चालित तरकारी बजारमै बेथीति भएको विभागको निश्कर्ष छ ।  

बेथितीकै कारण विभागले चर्को मूल्य तिर्नु परेको विभागको अध्ययनले देखाएको छ । ‘अनगमन गर्दा खरिद र बिक्री बिलबिजक जारी नभएको देखियो । उत्पादकदेखि उपभोक्तासम्म आइपुग्दा मूलयमा धेरै अन्तर देखियो । ढुवानी भाडामा पनि मनलागी मूलय राखेको पाईयो ।’ विभागका प्रवक्ता शिवराज सेढाईले भने । 

प्रतिक्रिया दिनुहोस