aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अमेरिकालाई चीनको गतिलो जवाफ– लोकतन्त्र कोकाकोला जस्तो होइन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ बैशाख २०७८
अमेरिकालाई चीनको गतिलो जवाफ– लोकतन्त्र कोकाकोला जस्तो होइन

एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यी ले अमेरिकाले चिनियाँ जनताको सुख नसहेको आरोप लगाएका छन् । अमेरिकी काउन्सिलका अध्यक्ष रिचर्ड हाससंगको भिडियो बैठकमा उनले यस्तो आरोप लगाएका हुन् । 

शुक्रबार भएको सो बैठकमा अमेरिकाको तर्फबाट कम्तिमा ५ सय जना अधिकारीहरु सामेल थिए । जसलाई सम्बोधन गर्दै वाङले लोकतन्त्र भनेको विश्वको जुनसुकै कुनामा पनि एउटै स्वाद हुने कोकाकोला नभएको बताएका हुन् । 

अमेरिकाले चीनको शान्तिपुर्ण विकासाई स्विकार गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न गर्दै उनले थपे, ‘के चिनियाँ नागरिकको सुखी जीवन जिउन पाउने अधिकारको सम्मान गर्न अमेरिका तयार छ ?’ यद अमेरिका यस्तो अधिकारको सम्मान गर्छ भने विश्वका हरेक कुनामा उसले नै भनेजस्तो लोकतन्त्र सम्भव नहुने कुरा बुझ्नु पर्ने उनको राय थियो । 

चिनियाँ जनता आफ्नो लागि आफै बाटो छनौट गर्न सक्षम रहेको बताउँदै चीनको सम्बन्धमा अमेरिकाको विदेश नितिमा धेरै भ्रमहरु रहेको उनले टिप्पणी गरेका थिए । 

चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार सो बैठकमा परराष्ट्र मन्त्री वाङले पाँच बुदामा सुझावहरु समेत दिएका थिए । जसमा अमेरिकाले चीनको विसलाई वस्तुगत र तर्कसंगत ढंगले बुझन प्रयास गर्नु पर्ने, दुबै देशको सहअस्तित्व र आपसि हितका लागि अमेरिकारले चीनसंग नयाँ तरिकारले काम गर्नु पर्ने, अमेरिकारले चीन आफैले रोजेको बाटो प्रति सम्मान र सहिष्णुता देखाउँनु पर्ने, अमेरिकारले वास्तवमै बहुध्र्रुविय विश्वमा विश्वास गर्नु पर्ने र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नुहुने कुरा उल्लेख छन् । 


 

प्रतिक्रिया दिनुहोस